You are viewing the translated version of साक्षी उपस्थित गराउन नसक्ने भएमा मुचुल्का तयार गर्नु पर्ने.
Section 30
साक्षी उपस्थित गराउन नसक्ने भएमा मुचुल्का तयार गर्नु पर्ने
(१) संहिताको दफा १०१ बमोजिम अदालतको आदेश अनुसार प्रहरीले सरकारी पक्षको साक्षी गवाहलाई तोकिएको दिनमा उपस्थित गराउन नसकेको अवस्थामा उपस्थित गराउन नसक्नाको कारण खोली अनुसूची-१९ बमोजिमको ढाँचामा मुचुल्का तयार गरी सम्बन्धित सरकारी वकील कार्यालयमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेश भएको मुचुल्का समेत संलग्न गरी सम्बन्धित सरकारी वकीलले पुनः साक्षी गवाह उपस्थित गराउनको लागि अनुरोध गरेमा अदालतले पुनः साक्षी गवाह उपस्थित गराउने आदेश दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पेश भएको मुचुल्का समेत संलग्न गरी सम्बन्धित सरकारी वकीलले पुनः साक्षी गवाह उपस्थित गराउनको लागि अनुरोध गरेमा अदालतले पुनः साक्षी गवाह उपस्थित गराउने आदेश दिन सक्नेछ।